२८ आश्विन २०८३, बुधबार

राष्ट्र बैंकबाट अवकाशपछि ‘अयन्त्र जागिरमा कडाइ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ rayast, २१ जेठ । राष्ट्र बैंकले गर्भनर र डेपुटी गभर्नरले अवकाशपछि बैंक वित्तिय संस्थामा जागिर खान नपाउने गरी नयाँ ऐन ल्याउने तयारी गरेको छ ।

अवकाशपछि बैंक तथा वित्तिय संस्थामा अर्को जागिर सुरक्षित गर्ने प्रलोभनमा पर्ने प्रवृत्ति देखिएकाले ऐनमै यस्तो कडाई गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा छ ।

‘गभर्नर र डेपुटी गभर्नरलाई आफैले नियमन गर्ने संस्थामा जागिर खान रोक लगाउने छलफल भएको हो,’राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ‘यस्तै अन्य विशिष्ट श्रेणीका कर्मचारीलाई अवकाश पाएको निश्चित अवधिसम्म रोक लगाउने सोच बनाएका छौं।’

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०६४ लाई प्रतिस्थापन गर्ने गरी ऐन ल्याउँदै छ । जसको मस्यौंदामा यस्तो व्यवस्था गर्ने तयारी भएको हो । विधेयक हाल अर्थ मन्त्रालयमा छलफलको क्रममा छ । गभर्नर र डेपुटी गभर्नरले अवकाशपछि आजीवन आफैले नियमन गरेका संस्थामा जागिर खान नपाउने व्यवस्था गर्न लागिएको छ ।

हाल केन्द्रीय बैंकमा उक गभर्नर र दुई डेपुटी गभर्नर रहने व्यवस्था छ । गभर्नर सरकारले नियुक्त गर्छ  । डेपुटी गभर्नर राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट चयन हुने गरेका छन् ।