काठमाडौं, २१ जेठ । नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
नयाँ बानेश्वरबाट पुरानो बानेश्वर तर्फ जाने बाटो नजिकै विहान संकास्पद बस्तु फेला परेपछि स्थानीय बासिन्दालाई प्रहरीलाई गरेका थिए । बम संविधानसभाको तीन नम्बर गेट नजिकै थियो ।
बमसँगै दलित मुक्ति फोर्सको पर्चा भेटिएको छ । बम दुई पटक गरी डिस्पोज गरिएको थियो । पहिलोपटक गरेको डिस्पोज पूर्ण सफल नभएपछि दोस्रोपटक पुनः डिस्पोज गर्नुपरेको थियो । कुकर बम भए पनि शक्तिशाली र विस्फोटक नभएको प्रहरी उपरीक्षक नारायणसिँह खड्काले जानकारी दिए ।














प्रतिक्रिया