२९ आश्विन २०८३, बिहिबार

उपराष्ट्रपति झाले घरको पर्खाल भत्काउन अटेर गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paramananda-Jha

काठमाडौं, २१ जेठ । उपराष्ट्रपति परमानन्द झाले सडक विस्तारको क्रममा आफ्नो घरको पर्खाल भत्काउन अटेर गरेका छन् । पदको दुरुपयोग गर्दै उपराष्ट्रपति झाले पर्खाल भत्काउन आलटाल गर्दै आएको स्थानीयको गुनासो छ ।

बौद्धद्वार–गौरीघाट सडक विस्तारको क्रममा परेको ३ मिटर ३० सेन्टिमिटर पर्खाल भत्काउनका लागि उप–राष्ट्रपति झाले पहिला नै सडकका लागि आफूले जग्गा छेडिसकेको दाबी गर्दै भत्काउन आलटाल गर्दै आएको स्थानीयको भनाइ छ ।

सडक विस्तारको क्रममा परेको ४२ वटा घरहरुमध्ये अधिकांश घर र पर्खाल भत्काउन कार्य सम्पन्न भए पनि उपराष्ट्रपतिले पर्खाल भत्काउने कार्य शुरु नगरेको भन्दै स्थानीयबासीले तत्काल भत्काउन माग गरेका छन् ।

११ मिटरको चौडा बाटो विस्तारको क्रममा उपराष्ट्रपति भाको घरअगाडि रहेको ३ मिटर ३० सेन्टिमिटर पर्खाल भत्काउनुपर्ने गरी काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले मापदण्ड तोकेको थियो । छिमेकी सुरज कर्माचार्यले उपराष्ट्रपति झाले पर्खाल नभत्काएसम्म आफ्नो घरमा परेको ८० सेन्टिमिटर पनि नभत्काउने बताए । नेपाल समाचार पत्र दैनिकबाट