२९ आश्विन २०८३, बिहिबार

पत्रकार महासंघ पर्साको आन्दोलन फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ

वीरगन्ज, २० जेठ । नेपाल पत्रकार महासंघ पर्साले पत्रकारमाथि दुव्र्यवहार गरेका प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएपछि विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।

महासंघद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकारमाथि दुव्र्यवहार गरेका प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको लिखित जानकारी महासंघलाई उपलब्ध गराएको कारण विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जानकारी महासंघका जिल्ला अध्यक्ष श्याम बन्जाराले दिनुभयो ।

महासंघ पर्साका साधारण सदस्य एवम् रेडियो नेपालका स्थानीय समाचारदाता धु्रव अधिकारीमाथि प्रहरी सहायक निरीक्षक सञ्जयकुमार झाले गत शुक्रबार स्थानीय घण्टाघरअगाडि मोटरसाइकलको ब्लु बुकको विषयलाई लिएर दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै महासंघ पर्सा शाखा आन्दोलनमा उत्रेका थियो ।