२९ आश्विन २०८३, बिहिबार

घूस लिँदा पक्राउ परेका इन्जिनियरविरुद्ध आरोपपत्र दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Akhatiyar-Durupayog-Anusandकाठमाडौं, २० जेठ । घूस लिँदालिँदै पक्राउ परेका जिल्ला प्राविधिक कार्यालय, काठमाडौँका इन्जिनियर शालिकराम देवकोटासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

ब्रदर्स निर्माण सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजत दिने सिलसिलामा छिटोछरितो इजाजतपत्र बनाइदिने भनी उक्त निर्माण कम्पनीसँग एक लाख घूस लिँदै गरेको अवस्थामा यही जेठ १ गते कार्यालयबाटै अख्तियारको टोलीद्वारा उनी रङ्गेहात पक्राउ परेका थिए ।

इन्जिनियर देवकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) द्वारा परिभाषित कसुर गरेकाले सोही ऐनको दफा ३ को उपदफा १ तथा ३ (१) को खण्ड (ग) बमोजिम हदैसम्मको सजाय माग गर्दै आरोपपत्र दायर गरिएको हो ।

सोही कार्यमा संलग्न जिल्ला विकास समितिको कार्यालय काठमाडौंका नायब सुब्बा रुकु खत्रीलाई सोही ऐन बमोजिम सजाय माग गरिएको छ । उक्त कार्यका लागि मतियार जिल्ला काभ्रे, भुम्लुटार–७ बस्ने रेशमबहादुर तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम हदैसम्मको सजायको माग दाबी गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।