२९ आश्विन २०८३, बिहिबार

गोरखा सदरमुकाममा चितुवाले सतायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha

गोरखा, २० जेठ । जंगलमा पनि पाइन छाडेको पहाडी चितुवा गोरखा सदरमुकाममा रहेका घरघरमा पस्न थालेको छ ।

तीनवटा छावा लिएर शिक्षा कार्यालयभन्दा माथि रहेको जंगलमा रहेको चितुवा बिहानीपख बजार प्रवेश गर्न थालेको हो ।

चितुवाको डरका कारण मानिसहरू यस क्षेत्रमा बाहिर निस्कनसमेत डराएका छन् । चितुवाले फिनाम, नारेश्वरलगायत क्षेत्रका किसानका घरमा बाँधेर राखेका दर्जनभन्दा बढी बाख्रा खाइसकेको छ । यस क्षेत्रमा दर्जनभन्दा बढीको सङ्ख्यामा चितुवा रहेको स्थानीय हरि श्रेष्ठ दाबी गर्नुहुन्छ । बिहान ४ बजेतिर बोक्सेपानी धारा, जिल्ला शिक्षा कार्यालय, वल्ड क्यापिटल बोर्डिङतिर चितुवा आउने गरेको सोही स्थान निवासी सुदीप सिर्मलको भनाइ छ ।

चितुवाले घरमा पालिएका कुकुरदेखि पशु चौपायासमेत खाने गरेको छ । वडा नं ३ स्थित पाटेचौर, ठूलोआँगन, तीनधारे, ढाँड लगायतका क्षेत्रमा रातभरि चितुवाले परिक्रमा गर्ने गरेको स्थानीय शिक्षकसमेत रहेका रामबाबु ढकाल बताउनुहुन्छ ।

चितुवालाई समयमा नै नियन्त्रणमा लिन नसके यसले मानिसलाई समेत आक्रमण गर्न सक्ने खतरा रहेको स्थानीयवासीले बताएका छन् । चितुवा नियन्त्रणका लागि उनीहरूले प्रशासनमा समेत जानकारी दिइसकेको बताएका छन् ।