२९ आश्विन २०८३, बिहिबार

१० बर्षका बालकले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-suicide

चितवन, २० जेठ । चितवनको माडीमा एक बालकले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी १० वर्षका बालक सुदीप महतोले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । माडीको बघौडा–४ का स्थानीय जितेन्द्र महतोका छोरा सुदीपले आत्महत्या गरेको प्रहरीले मंगलबार जानकारी दिएको छ ।

गरिब परिवारका उनले किन आत्महत्या गरे भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आर्थिक अवस्था कमजोर भएपछि माडी प्रहरीको सहायतामा गाउँमा चन्दा सङ्कलन गरेर उनको शवलाई भरतपुर अस्पताल ल्याइएको छ । शवपरीक्षण भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।