२८ आश्विन २०८३, बुधबार

गोर्खा सैनिक बारे डकुमेन्ट्री बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha-Sainik-Documentary

अर्जुन काफ्ले

मलेसिया । केही प्रवासी युवाहरु गोर्खा सैनिकको इतिहास र उनीहरुको हालको अवस्था बारेको वृतचित्र निर्माणमा जुटेका छन् ।

म्यानमार,मलेसिया, सिगापुर, ब्रुनाइ र थाइल्याण्डमा वसोवास गरेका गोर्खा सैनिक र तिनका परिवारको अवस्थाको बारेमा बृत्तचित्र निर्र्माण हुने भएको हो । बृत्तचित्रमा लाहुरे परिवारको पुष्ठभुमि नेपालबाट आएर युद्ध लडेको देश, वीरताको गाथा र हाल वसोवास गरेको मुलुकले उपलव्ध गराएका सुविधाहरु समेत समेटिने बृत्तचित्रका मलेसिया संयोजक केशर सुव्वाले जानकारी दिए । बृत्तचित्रको खोज, अनुसन्धान र परिकल्पना तथा निर्माण भने थाइल्याण्ड वसोवास गर्दै आएका खगेन्द्र पन्धाकले गरेका छन् भने म्यानमारमा सुमी लिम्वुले बृत्तचित्रको छायाँकन गर्ने भएकी हुन ।

बृत्तचित्रको मलेसियामा भने छायाकन सकेर हाल थाइलेण्ड र म्यानमारमा छायाँकन थालिएको छ । ‘हामी एक नेपाली’ भन्ने सन्देश विश्वभरी फैलाउन यो बृत्तचित्र निर्माण गर्न थालिएको मलेसिया संयोजक सुव्वाले जानकारी दिए । मलेसियामा गोर्खाको बाक्लो बसोवास रहेको रावाङ्ग, जलान इपो, इपो पेराक र जोहरमा छायाँकन गरिएको छ । सन् २०१५ सम्ममा निर्माण पूरा गरि विश्वभर रहेका नेपाली माझ वृतचित्र प्रर्दशन गरिने भएको छ । दक्षिण पूर्वी एसियाका गोर्खालीको कथालाई समेटेर निर्माण गरिएको बृत्तचित्रको प्रर्दशन वेलायत र हङ्गकङ्गमा समेत गरिने र सोही बेला त्यहाँका गोर्खालीको बारेमा पनि बृत्तचित्रको दोस्रो भाग निर्माण गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।