सप्तरी, १९ जेठ । अनिवार्य अवकाश पाएका
का कार्यालयका पूर्वकर्मचारी आफूहरुले पाउनुपर्ने उपदान रकम लामो समयदेखि पाउन नसकेको भन्दै सोमवारदेखि नगरपालिका कार्यालय अगाडि धर्ना बसेका छन् ।
नगरपालिका कार्यालयमा ४० वर्षभन्दा बढी सेवा गरे पनि अनिवार्य अवकाशपछि स्थानीय स्वायत्त शासन ऐनबमोजिम पाउनुपर्ने उपदान रकम नपाएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।
उपदान रकम नपाउँदा जीवन धान्न समस्या भएको भन्दै अवकाशप्राप्त कर्मचारीले नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुले पाउनुपर्ने उपदान रकम पाँच दिनभित्र उपलब्ध गराउन माग गर्दासमेत कुनै सुनुवाइ नभएपछि धर्ना बसेको अवकाशप्राप्त कर्मचारी देवराज भण्डारीले बताउनुभयो ।













प्रतिक्रिया