२९ आश्विन २०८३, बिहिबार

निशुल्क आखाँ शिविर सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_5131अनिल खत्री
गुल्मी जेष्ठ १९ । नेपाल नेत्र ज्योति संघ गुल्मीको आयोजना र रणअम्बिका आँखा उपचार केन्द्र भैरहवाको सहयोगमा ३ दिने   आँखा उपचार शिविर गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा जेष्ठ १६ गते देखि ३ दिन सम्म चलेको शिविरमा गुल्मीलगायत छिमेकी जिल्ला अर्घाखाँची, वाग्लुङ्ग,प्युठान र पाल्पाबाट करिव १ सय १२ जना आँखाका रोगीले आँखा उपचार सेवा लिएको आँखा उपचार केन्द्र तम्घास गुल्मीका प्रमुख सुर्यबहादुर बस्नेतले जानकारी दिनुभयो ।
शिविरमा आँखा नदेख्ने मोतिविन्दु लागेका आँखाको रोगीहरुको आँखा अप्रेसन गरिएको थियो । तिन दिनमा अहिले सम्म यति धेरै विरामीको अप्रेसन गरिएको यो पहिलो रहेको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।
आँखा उपचार केन्द्र गुल्मीले गुल्मीको सदरमुकाम तम्घास लगायत ग्रामीण बस्तीहरुमा समेत पुगी बिभिन्न समयमा निशुल्क आँखा उपचार सेवा प्रदान गर्दै आएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

IMG_5132
हामीले बिभिन्न समयमा न्यूनतम सुल्कमा पनि बिभिन्न समयमा सेवा प्रदान गर्दै आएका छौ यो ३ दिने शिबिर सबै निसुल्क रुपमा संञ्चालन गरेको बताउनु भयो ।
मानवको संसार देखाउने अत्यन्तै सम्बेदनशिल मानिने आँखा भएकाले सानो समस्या हुदाँ झार फुखतर्फ नलागी आँखा उपचार केन्द्रमा आई आँखा जचाउन प्रमुख बस्नेतले जानकारी बताउनु भयो ।

अहिले गुल्मीको आँखा उपचार केन्द्र गुल्मीले सदरमुकाम तम्घासमा र वामी टक्साारमा दैनिक आँखा जाच गरिने ब्यावस्था रहेको छ  भने प्रत्येक महिनाको ११ गते सदरमुकाम तम्घस आँखा उपचार केन्द्रमा आँखा अप्रेसन गरिने ब्यावस्था रहेको छ ।

IMG_5128