३० आश्विन २०८३, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, १९ जेठ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ ।

बिहान ११ बजेपछि केन्द्रीय कार्यालय बल्खुमा बोलाइएको बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गर्ने संगठनात्मक प्रतिवेदनमा छलफल हुने बताइएको छ । विधान संसोधन सहित पेश भएको प्रतिवेदनमा छलफल सकिएपछि महाधिवेसनको तयारीका विषयमा छलफल हुनेछ । हिजोको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने अध्यक्ष झलनाथ खनालको राजनीतिक दस्तावेजलाई पारित गरेको छ । दस्तावेज अध्ययन र सुझावका लागि महाधिवेशन अगावै मातहतका कमिटीमा पठाइने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले आज महाधिवेशनमा प्रस्तुत गरिने साङ्गठनिक र विधानसम्बन्धी प्रस्तावबारे छलफल हुने जानकारी दिनुभयो । विधान सम्बन्धि विषयमा केही विवाद रहेको छ ।