३१ आश्विन २०८३, शनिबार

पार्टी नेतृलाई बलात्कार गर्न खोज्ने एमाले नेतालाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

घोराही, १५ असार । आफ्नै पार्टीका एक जना कार्यकर्तालाई जवरजस्ती करणी गरेको आरोप लागेका नेकपा एमाले दाङका सचिवालय सदस्य मानवहादुर रावतलाई पार्टीले कारवाही गरेको छ ।

जवरजस्ती करणीको घटनामा जोडिएकाले कारवाही गरिएको नेकपा एमाले दाङले जनाएको छ ।

नेकपा एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष नरुलाल चौधरीले जारी गरेको विज्ञप्तीमा रावतले देउखुरीमा एक महिलालाई जवरजस्ती करणी गरेको भन्ने कुरा संचारमाध्यममा आएकाले रावतलाई तत्कालका लागी सबै जिम्मेवारीबाट निलम्वन गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तीतमा घटनाका बारेमा सत्य तथ्य जानकारी लिनका लागि पार्टी जिल्ला सचिव हुकुमवहादुर बस्नेतको संयोकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

गत असारको १२ गतेका दिन रावतले देउखुरीमा सोनपुर घर भएकी एक जना विधवा महिलालाई जवरजस्ती करणि गरेको आरोप लागेको छ । रावतका विरुद्धमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी पनि परिसकेको पीडितका आफन्तले जानकारी दिएका छन् । रावतलाई कारवाहीका लागि उजुरी परेपछि प्रहरीले पनि खोजतलास तिव्र पारेको छ । आइतवार देउखुरीका विभिन्न स्थानमा प्रहरीले छापा मारेर रावत बसेको हुनसक्ने स्थानमा खोजी गरेको थियो । प्रहरीले रावत फरार रहेकाले खोजी कार्य जारी राखिएको जनाएको छ ।