२८ आश्विन २०८३, बुधबार

आईएसएसएमईको वरिष्ठ उपाध्यक्षमा मालाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । साना तथा मझौला उद्यमीहरुको अन्तर्राष्ट्रिय समाज(आईएसएसएमई ) Surendrabir को वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रवीर मालाकार नियुक्त भएका छन्। समाजको अवैतनिक राष्ट्रिय संयोजकमा पुष्पदास श्रेष्ठ नियुक्त भए।

मालाकार नेपान कुबेत उद्योग वाणिज्य संघका अध्यक्ष र श्रेष्ठ उपाध्यक्ष हुन्।

भारतको नयाँ दिल्लीमा प्रधान कार्यालय रहेको आइएसएसएमईको स्थापना सन् २०१० मा भएको थियो। विश्वभरका लघु, साना तथा मझौला उद्योगहरुको साझा थलोको रुपमा यो सस्थालाई विकास गर्न लागिएको हो। संस्थाले साना तथा मझौला उद्यमीहरुको प्रवर्द्धन, क्षमता अभिवृद्धि एवं दीगो विकासका निम्ति अन्तर्राष्ट्रिय समर्थन जुटाउने काम गर्दै आइरहेको छ।

उद्योगी व्यवसायी, अर्थशास्त्री, नीति निर्माता एवं विभिन्न क्षेत्रका विज्ञहरुलाई एकै ठाउँमा ल्याई विश्वभरका साना तथा मझौला उद्योगहरुको अन्तर्राष्ट्रिय संगठन निर्माण गरी एक आपसमा अनुभव, ज्ञान, शीप र विद्वता आदान प्रदान गर्ने अवसर यो सस्थाले दिन्छ।