२८ आश्विन २०८३, बुधबार

अख्तियारद्वारा आयल निगमका नौ जना उच्च अधिकृत पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhtiyar

काठमाडौ। अख्तियार दुरूपायोग अनुसन्धान आयोगले नेपाल आयल निगमका नौ जना उच्च अधिकृतलाई पक्राउ गरेको छ ।

आयोगले निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल, उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदीपमान बसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०६६÷६७ को अन्त्यमा निगमले ११ अर्ब ४४ करोड रुपैंया ऋण तिर्न बाँकी रहेको अवस्थामा गैरकानुनीरूपमा निर्णय गरी एक करोड ७२ लाख ५८ हजार ४०५ बोनस वितरण गरी निगमलाई नोक्सानी पु¥याएको अभियोगमा उनीहरूलाई आज पक्राउ गरी अयोगको हिरासतमा राखेको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार फरार उपनिर्देशक सुशील भट्टराईको खोजी भइरहेको छ ।