२९ आश्विन २०८३, बिहिबार

एमाओवादीको विवाद पुनः बल्झियो , केन्द्रीय समिति बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image.phpकाठमाडौं । निर्वाचनबाटै पोलिट्युरो, स्थायी र पदाधिकारी चयन गरेको एमाओवादी भित्र पुनः बिवाद उत्पन्न भएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको एकीकृत माओवादीको केन्द्रीय समिति बैठकमा निर्वाचनमा भाग नलिएका सदस्यहरुले आफुहरुको मागलाई पनि सम्बोधन गर्नुपर्ने अडान राखेपछि बिवाद बल्झिएको हो ।
बिवाद भएपछि गृह कार्य गर्न भन्दै दुई दिनका लागी केन्द्रीय समिति बैठक स्थगित गरिएको छ । एमाओवादीको निर्वाचन सभावेशि नभएको भन्दै नेता डाक्टर बाबुराम भट्टराई पक्षले बहिष्कार गरेका थिए भने केहि केन्द्रीय सदस्यहरुले  निर्वाचन प्रणालीमा भाग लिएका थिएनन् ।

त्यस्तै बैठकमा कार्य विभाजनको बारेमा छलफल भएपछि थप गृह कार्य गर्नुपर्ने भन्दै बैठक १७ गते बस्नेगरि स्थगीत भएको सचिव टोप बहादुर रायमाझीले जानकारी दिए ।

यसअघि एकिकृत नेकपा माओवादीले लामो कसरतपछि मंगलबार नेतृत्व चयनलाई अन्तिम रुप दिएको थियो । विभिन्न चरणमा गरि निर्वाचन मार्फत पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गरेको हो । केन्द्रीय सदस्यहरु भने एकीकृत माओवादीले बैशाख १८ गतेदेखि बिराटनगरमा भएको राष्ट्रिय सम्मेलनले नै चयन गरेको थियो ।