२९ आश्विन २०८३, बिहिबार

चरेससहित महतो पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charesहेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बसमा यात्रा गरिरहेका एक जनालाई नौ किलो ४०० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधवार बिहान  हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना४ख ५९०० नम्बरको यात्रुबाहक बसबाट चरेससहित भारतको सीतामडीका योगेन्द्र महतोलाई पक्राउ गरिएको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक दीपक थापाले लागुऔषध बेचबिखन तथा ओसारपोसार नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत सवारीसाधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित महतोलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

महतोलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।