काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जलविद्युत प्रवर्द्धकलाई प्रतिमेगावाट १ करोड रुपैयाँका दरले अनुदान दिने भएको छ । प्रवर्द्धकलाई उपलब्ध गराउन उर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । आगामी आवको बजेटमा अनुदान व्यवस्था हुनेछ ।
सहुलियत दिनका लागि मैले अर्थमा प्रस्ताव पठाइसकेको छु,’ उर्जामन्त्री राधाकुमारी ज्ञवालीले भनिन्, ‘आगामी आवदेखि कार्यान्वयनमा आउनेछ ।’
उर्जाका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा गठित कार्यदलले प्रतिमेगावाट १ करोड अनुदान दिन सिफारिस गरेपछि उर्जाले मन्त्रीस्तरीय निर्णय गरी बजेटमा समावेश गर्न अर्थमा पठाएको छ ।
चालू आवमै अनुदानसम्बन्धी व्यवस्था ल्याउने भनिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । अनुदान कार्यान्वयनमा आएपछि प्रवर्द्धकले सरकारलाई तिर्नुपर्ने भ्याटमा सहुलियत समायोजन हुनेछ । यसले आयोजनाको लागत घटाउने छ ।
प्रवर्द्धकहरुले लामो समयदेखि भ्याट सहुलियत माग गर्दै आएका छन् । आयोजनाको प्रकृतिअनुसार १ मेगावाट क्षमताको आयोजना बनाउन न्यूनतम १५ देखि १८ करोड रुपैयाँ लागत लाग्छ । कारोबार दैनिकबाट













प्रतिक्रिया