झापा । प्रहरीको संरक्षणमै भद्रपुर क्षेत्रबाट तस्करीको मुख्य नाका खुलेको स्थानीय बासिन्दाले आरोप लगाउन थालेका छन् ।
केही महिना अगाडि सम्म सामान्य लुकीछिपी भएर सरसामान चोरी निकासी पैठारी हुदै आएको भद्रपुर नाकामा हाल प्रहरीको मिलेमतोमा खुलेआम दैनिक लाखौंको कारोबारका अवैध सामान आयात निर्यात हुन थालेको स्थानीयले आरोप लगाएका हुन् ।
भद्रपुर क्षेत्र अन्तरगत गणेश मन्दिर छेऊ, देवीबस्ती, नेपाल बैंक लिमिटेडको पछाडि, हुनमान मन्दिर, नयाँ बजार, चाचा बगान क्षेत्र लगायतका नाकाहरुबाट स्याउ, अलैंची, सुख्खा सुपारी, गाइगोरु, फोेरेन गुड्स निकासी हुने गरेको छ भने भारतबाट भन्सार छली सुत्र्ती, खाद्यान्न सामाग्री, चिया, औषधि, मल, लत्ताकपडा, हार्डवेयरका सामान, मोबाइल सेट, कम्प्यूटर तथा मोटर पार्टस लगायत समानहरु भित्रिने गरेको छ ।
निकासी पैठारीमा काम गर्ने लाइनमेनहरुले वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर बसन्तकुमार शर्मालाई चित्त बुझाएर यी नाकाहरुबाट ठूला व्यापरीहरुले तस्करी गरिरहेका छन् । गत माघमा भद्रपुर बजारमा भएको सुपारी काण्डमा विवादित बनाई तत्कालिन वडा प्रहरी कार्यालमा कार्यरत इन्स्पेक्टर जग्गनाथ खनाललाई जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर देवीप्रसाद पौडेल र वडाका सई साधुराम कार्कीले घण्टे पुर्जी काट्न लगाएर तत्काल त्यहाँबाट हटाएर क्षेत्रीय प्रहरी कार्यालय विराटनगर पठाएको प्रहरी स्रोतल नैे जनाउने गरेको छ ।
सो घटना पश्चात सोही ठाउँमा काजमा आएका प्रहरी निरीक्षक वसन्तकुमार शर्माले हाजिर भएलगतै भद्रपुर क्षेत्रमा घरेलु मदिरा बेचबिखन, जुवातास, तस्करी नियन्त्रण, गुण्डागर्दी, लागुऔषध प्रयोगकर्ता तथा त्यस्ता अखडा, राति नौ बजे पछि होटल बन्द तथा जो कोहीलाई हिँड्डुलमा रोक लगाउने लगायतका कार्य मार्फत भद्रपुरलाई पूर्वकै नमूना नगरपालिका बनाउँछु भन्दै हिँडेका थिए । आफ्ना मातहातका प्रहरीहरुलाई निर्देशन दिँदै आफू पनि लागि परि राती नौ बजे पछि भद्रपुर क्षेत्र सुनसान बनाई तस्करीको लाइन खुलाउन थालेको प्रत्यक्षदर्शी बताउँछन् ।
‘शान्ति सुरक्षा होला भनेको त, तस्करी खुलाउन पो यस्तो अभिनय गरेको रहेछ प्रहरी निरीक्षकले–नाम नछाप्ने सर्तमा र स्थानीयले बताए । उनले गाइगोरु निकासीका लागि ४० हजार बराबरको कार्यालयमा इनर्भटर जडान गर्न लगाएपछि गाईगोरु भारत निकासीमा छुट दिएका छन ।
त्यस्तै केही हप्ता अघि भद्रपुरमा तस्करी बढेर गयो यसको के कारण हो भनि रातको समयमा लिम्बूूवानका कार्यकर्ताहरु निगरानीको लागि मेची किनारमा बसिरहेको अवस्थामा प्रहरी निरीक्षक शर्माले आइन्दादेखि सामानको पिछा गर्ने होइन भन्दै गालीगलौच गर्ने थालेपछि दुवै पक्षबीच हातपात भएको लिम्बूवानका एक कार्यकर्ताले बताए । हाल शर्मालाई यी नाकाहरुबाट सामान ओसारपोसर भइरहेको छ भनि जोकोहीले जानकारी गराएमा उल्टै ‘तपाईले सामान पक्रिनुस् त्यपछि म आउँला’ भन्दै पन्छिन थालेको एक माओवादी कार्यकर्ताले बताए ।
शर्माले भद्रपुर क्षेत्रका पत्रकारहरुलाई आफूले कुनै रकम नदिएको र मिठोमसिनो नखुवाएको झोकमा आफूलाई बदनाम गराएको भन्दै आफू चोखिन हाल उनी आफू निकटका स्थानीय नेता तथा ठूला व्यापारीहरुको शरणमा गई भन्न थालेका छन् ।
त्यती मात्र नभएर शर्माले आफूसँग सूचना विभागको रातो परिचयपत्र साथमा भएको र ‘म पनि पत्रकार हुँ’ भन्दै प्रहरी पत्रकार हुन सक्छ, तर पत्रकार प्रहरी हुन नसक्ने ठोकुवा गर्दै भद्रपुरका पत्रकारलाई प्रहरी बनेर देखाउन सार्वजनिक स्थलमा भन्न थालेका छन् । वडा प्रनि शर्माले भने आफूले व्यक्तिगत प्रयोगको लागि नभई कार्यालयको प्रयोगको लागि मागेको स्वीर्कार्दै कसैबाट पनि लाइन मिलाए वापत रकम नलिएको बताए ।
यता तस्करले भन्सार छलेर सामान भित्राउन थालेपछि अहिले भद्रपुर स्थित छोटी भन्सार कार्यालयको राजश्व समेत हावतै घटन थालेको भन्सार कर्मचारीहरु बताउँछन ।













प्रतिक्रिया