पोखरा । कास्कीको अर्मलामा अरु ठाउँमा पनि भ्वाङ भेटिएको छ ।
भुगर्भविद्हरुको टोलीको अनुसन्धान गर्दा अन्य ठाउँमा पनि भ्वाङ भेटिएको हो । भ्वाङ पर्न सक्ने म्ंभावित ठाउमा खनेर हेर्दा अरु पाँच ठाउँमा भ्वाङ भेटिएको अनुसन्धान टोलीका सदस्य भुगर्भविद् उमेशचन्द्र भुषालले जानकारी दिनुभयो।
सवै ठाउँमा अनुसन्धान तत्काल सम्भव नभएकाले घर वरीपरिका केही ठाउँमा खनेर हेरेपनि अन्य धेरै ठाउँमा भ्वाङ पर्ने खतरा रहेको उहाँले बताउनु भयो ।
स्थानियवासिन्दाले भने भ्वाङ पर्न सक्ने खतरा देखिएका अन्य ठाउँमा पनि तत्काल भत्काएर भ्वाङ पुर्न माग गरेका छन । स्थानियवासी प्रकाश भट्टराईले भ्वाङ पर्ने सम्भावना देखिएका सवै ठाउँमा नभत्काएमा जनधनको क्षति हुन सक्ने र बर्षाको बेला भ्वाङ पर्ने सम्भावना बढी रहेको बताउनुभयो ।
गएको बैशाख २६ गते देखि अनुसन्धान सुरु गरेको भुगर्भविद्हरुको टोलीले अन्तीम प्रतिवेदन भने असारको दोस्रो हप्ता मात्रै सार्वजनिक गर्ने भएको छ ।
कास्कीको अर्मलामा गएको बर्षपनि विभिन्न ठाउमा भ्वाङ परेपछि जनधनको क्षति हुने खतरा देखेर सरकारले भौगर्भिक अध्ययन गर्न भुगर्वविद्हरुको टोली खटाएको हो ।













प्रतिक्रिया