काठमाडौं । एकता विकास बैंकले आगामी जेठ २१ गतेदेखि सय रुपैयाँ अंकित दरका आठ लाख कित्ता प्राथमिक सेयर (आइपीओ) निस्कासन गर्ने जनाएको छ ।
बैंकको सेयरका लागि जेठ २५ गतेसम्म आवेदन दिन निस्कासित सेयरमध्ये २४ हजार कित्ता बैंकका कर्मचारीलार्इ र ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
न्युनतम ५० कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिने सेयर निस्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । सेयर निस्कासनपछि बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ पुग्ने छ ।













प्रतिक्रिया