२८ आश्विन २०८३, बुधबार

सिभिलको ४० औं शाखा जावलाखेलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Civil-Bank काठमाडौं । सिभिल बैंक लिमिटेडले आइतबारदेखि आफ्नो ४० औं शाखा जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरे ।

सो अवसरमा अध्यक्ष तामाङ्गले बैंकको पुँजी ५ अर्ब पुर्‍याउने, नाफाबाट बोनश शेयर दिने वा कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने बताए । बैंक आफ्नै सुविधा सम्पन्न भवन निमार्णको तयारीमा रहेको जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले ग्राहकहरुको चाहना र सुविधा अनुसार बैंकको सेवा प्रदान गर्न जावलाखेलमा शाखा विस्तार गरेको बताए । यसअघि बैंकले राजधानीको स्वयम्भु र कपन तथा राजधानी बाहिर ओखलढुंगा, रुकुम, सल्यान, धनगढी र जनकपुरमा शाखा विस्तार गरिसकेको छ ।

बैंकले निक्षेप संकलन, कर्जा प्रवाह तथा मुनाफा आर्जनमा अपेक्षित वृद्धि गर्दै आएको छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।