२९ आश्विन २०८३, बिहिबार

हिमपातले यार्सा टिप्नेको बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dolpaजाजरकोट । डोल्पाका विभिन्न क्षेत्रमा भारी हिमपात कारण जनजीवन प्रभावित भएको छ ।

हिमपातले गर्दा बाहिर जिल्लाबाट गएका र जिल्लाभित्रका यार्सागुम्बा सङ्कलनकर्ता  बिचल्लीमा परेका छन् ।
यार्सागुम्बा टिप्नका लागि रुपपाटन पुगेका शिक्षक वीरबहादुर खत्रीले टेलिफोनमार्फत दिएको जानकारीअनुसार हिमपातले पाल भत्काउँदा बस्न र खाना बनाउन समस्या परेको बताउनुभयो ।
“सात इन्च हिउँ परिसकेको छ अझै हिमपात भइरहेको छ”–फोनमा उहाँले भन्नुभयो । विपत्मा परिने चिन्ता बढेको छ । डोल्पाका यार्चागुम्बा पाइने जगदुल्ला, कागमारा, कुनासा, भोपा, भम्पे, ठागे, सागर, नावरपानी, फूलबारी, रुपपाटन, साइकुआरी, भोटलगायतका ४० पाटनमा हिमपात भएको छ ।
डोल्पाका विभिन्न पाटनमा ५३ हजारभन्दा बढी मानिस पुगेका छन् । त्यसमा ७० प्रतिशतभन्दा बढी महिला र स्कुले बालबालिका रहेका छन् ।
माझफाल गाविसको रुपपाटनमा यार्सागुम्बा टिप्न पुगेका जाजरकोट खगेनकोटका तीनजना चिसोले बिरामी भएका छन् । बिरामीलाई स्वास्थ्यचौकी माझफाल झारिएको प्रहरीले जनाएको छ ।

हिमपातले गर्दा पाटन पुगेका सर्वसाधारण हिउँ पर्दापर्दै बेसी झर्न थालेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति त्रिपुरोकाटका अध्यक्ष टीकादत्त न्यौपानेले बताउनुभयो । चिसोका कारण महिला तथा बालबालिका बढी मात्रा बिरामी हुने गरेका छन्