२८ आश्विन २०८३, बुधबार

हाँस र परेवा लोप हुँदै, बङ्गुर बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pigकञ्चनपु्र । यहाँ घरपालुवा पक्षी हाँस र परेवा लोप भइरहेका छन् । दश वर्षको तुलनामा घरपालुवा पक्षीमध्ये हाँस र परेवा लोप हुँदै गएको जिल्ला तथ्याङक कार्यालय कञ्चनपुरले जनाएको छ । राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्कअनुसार हाँस ८४ र परेवा ९५.६ प्रतिशतले घटेर क्रमशः ६७१ र ६७ मात्रै छन् । उचित बासस्थानको अभावका कारण कृषकले हाँस र परेवा पाल्न छाडेकाले कमी आएको जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख नवराज पाण्डेले जानकारी दिनुभयो ।
हाँसका लागि पर्याप्त पोखरी र परेवाका लागि उपयुक्त बासस्थान, खानपान आदिमा बढी मिहिनेत कम उपलब्धि हुने भएपछि किसानले तिनलाई पाल्न छाडेका छन् । लामो समयदेखि परेवा पाल्दै आएक बेल्डाँडीका महेन्द्र चन्दका अनुसार परेवा र हाँसको मासु औषधिका रुपमा लिइन्छ । साथै घरको शोभा बढाउनसमेत मानिसले आफ्नो घरमा सो पक्षी पाल्ने गरेका छन् ।
चन्दका अनुसार परेवाको मासु मटुरोगीका निकै उपयुक्त मानिन्छ । आर्थिक रुपमा फाइदा कम हुने र चोरीको समस्याका कारण परेवा पाल्न छाडिएको चन्दले बताउनुभयो । यस्तै विसं २०५८ देखि यता घरपालुवा कुखुरा १४ र गाईगोरु ४.४५ प्रतिशले घटेका छन् । पन्ध्र लाख ४४ हजार दुई कुखुरा र पन्ध्र लाख ११ हजार २२ गाईगोरु छन् ।
यस्तै भेडा, बाख्रा, बङ्गुर र राँगाभैँसीको सङ्ख्यामा भने वृद्धि हुँदै गएको छ । भेडा ३२, बाख्रा ६२, राँगाभैँसी ४.२ र सबैभन्दा बढी बङ्गुर सबैभन्दा बढी १३८ प्रतिशतले बढेका छन् । हाल भेडा छ हजार ४५८, बाख्रा ११ लाख ३६६, राँगाभैँसी ५८ हजार ८४१ र बङ्गुर एक लाख २८ हजार १५ छन् ।
थोरै लगानीबाट बढी आम्दानी हुने भएपछि अधिकांश कृषकले व्यावसायिक रुपमा बङ्गुर पालेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ । बङ्गुरको मासुको माग बढ्दै गएपछि कृषकले बङ्गुर पाल्न थालेका हुन् ।
विगत वर्षमा यहाँका आदिवासीले मात्रै एक घरमा एक बङ्गुर पाल्थे, हाल व्यावसायिक रुपमा सबै समुदायले बङ्गुर पाल्न थालेपछि बङ्गुरको सङ्ख्या १० वर्षको अवधिमा बढेको हो । यहाँ हाल प्रतिक्विन्टल रु २० हजार बराबरमा बङ्गुरको कारोबार भइरहेको छ