२८ आश्विन २०८३, बुधबार

सिभिल बैंकको स्वयम्भू र कपनमा शाखा थपियो, ग्लोबल आइएमइले खोल्यो कोहलपुरमा शाखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

civil-bank-kathmandu

काठमाडौं। सिभिल बैंक लिमिटेडले काठमाण्डौंकोे स्वयम्भु र कपनमा आफ्नो बैंकिङ कारोबार सुरु गरेको छ। दुवै नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष ई.इच्छाराज तामाङले गरेका छन्।

नयाँ खेलिएका दुबै शाखा वरपर शहरीकरण बढ्दै गएकोले पनि व्यवसायमा विस्तार भएकाले बैंकको उपस्थिती रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए। बैंकले आउँदो आइतबारदेखि जावालाखेल शाखाबाट पनि बैंकिङ कारोबार सुरु गर्ने भएको छ। यसअघि बैंकले पश्मिाञ्चलको रुकुम, सल्यान र धनगढी तथा पूर्वाञ्चलको जनकपुर र ओखलढुंगामा पनि शाखा विस्तार गरीसकेको छ। शाखा विस्तारसंगै बैंकको शाखा संख्या ४० पुग्ने छ। 

यसैगरी, ग्लोबल आइएमई बैंकले कोहलपुरमा शाखा खोलेको छ। शाखाको उद्घाटन बैंकका सञ्चालक अश्विनीकुमार आचार्य  र राष्ट्र बैंक नेपालगञ्जका मुख्य व्यवस्थापक मुकुन्दकुमार क्षेत्रीले संयुक्त रुपमा गरेका छन्। उद्घाटन कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य पनि उपस्थित थिए। बैंकले बाँके जिल्लामा यसअघि नै दुईवटा शाखा बिस्तार गरिसकेको छ।