काठमाडाै । सामसङ ग्यालेक्सी एस ५ सार्बजनिक भएको २५ दिनमै विश्वभर १० लाख थान मोबाइल बिक्रि भएकाे छ । यही उत्साह मनाउन सामसङ मोबाइलको नेपालका लागी अधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेसले एस फाइभको खरिदमा नगद १० हजार रुपैयाँ क्यास ब्याक अफर सार्बजनिक गरेको छ |
यो योजना ३० दिन अथवा कम्तिमा स्टक रहुन्जेल कायम रहने कम्पनीले जानकारी दिएकाे छ | सामसङ ग्यालेक्सी एस फाइभको साथसाथै एस फोर, नोट थ्रीमा पनि छुटको अफर प्राप्त हुनेछ | ग्यालेक्सी एस फाइभसंगै ग्यालेक्सी गियर फिट खरिद गर्ने ग्राहकलाई १५ हजार दुईसय नगद छुट दिइने छ |
अार्इएमएसले सामसङ मोबाइलको खरिदमा सुन्य प्रतिशत ब्याज सहित १५ महिने ईएमअाई सुबिधा, पुराना स्मार्टफोनसंग सट्टा पट्टाको ब्यवस्था र त्यसको साथ साथै नगद पाँच हजार रुपैया बराबरको इन्टरनेट डाटा रहेको नेपाल टेलिकमको सिमकार्ड पनि निसुल्क दिने गरेकाे छ |














प्रतिक्रिया