काठमाडौं । आफूलाई वरिष्ठ नेता र टोपबहादुर रायमाझीलाई संसदीय दलको नेता बनाउनुपर्ने डा. बाबुराम भट्टराईको प्रस्तावमा छलफल गर्न एमाओवादी केन्द्रीय समितिको बैठक बस्दैछ ।
पार्टी भित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विÈयमा छलफल गर्न बैठक बस्न लागेको हो । पदाधिकारीमा सहमति भएकाले आज केन्द्रीय समितिको विस्तार सहितका एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् ।
एकीकृत माओवादीका शीर्È नेताहरुबीच सोमबार असन्तुष्ट समूहको माग सम्बोधन हुने गरी केन्द्रीय समिति बिस्तार गर्ने सहमति भएको थियो । अध्यÔ पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई अन्य नेताहरु नारायण्ँकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्ण्ँबहादुर महरा रहने गरी पा“च जनाको हेडक्वार्टर गठन गर्ने पनि दुई पÔबीच सहमति भएको छ । भट्टराई पÔीय नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउने बारेमा पनि सहमति भएको छ । जसलाई आजको केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।
सोमबारको सहमतिको बारेमा केन्द्रीय समितिमा छलफल भइरहेकाले अन्तिम निणर््ँय भइ नसकेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । बिराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराई पÔले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि विवाद बढेको थियो । वैठक दिउ“सोबाट पार्टी कार्यालय कोटेश्वरमा सुरु हुँदैछ ।
















प्रतिक्रिया