२९ आश्विन २०८३, बिहिबार

उपाध्यक्षमै बस्न भट्टराई तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

काठमाडौं । एकीकृत नेकपा एमाओवादीका नेता डा. बाबुराम भट्टराई फेरि उपाध्यक्ष पदमै बस्न तयार देखिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहालसँग भएको पछिल्लो छलफलमा दाहालले आफूलाई उपाध्यक्ष र आफ्ना पक्षका नेताहरुलाई पदाधिकारीमा स्थान दिनुपर्ने अडान लिइरहेको बताइएको छ । भट्टराईले काम गर्नका लागि पद नचाहिने भन्दै करिब एकबर्ष अघि उपाध्यक्ष पद छाडेका थिए ।

भट्टराई आएमा एमाओवादीमा पुरानै केन्द्रीय समितिमा कुरा मिल्ने भएको छ । पार्टीभित्र पुरानै पदाधिकारीलाई पुर्नस्थापित गर्ने तयारी भएपनि अन्तिम टुंगो नलागेको एमाओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।