काठमाडौं । वीर अस्पतालमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।
अस्पतालका निर्देशक डा बुलन्द थापाका अनुसार नेता नेपालको स्वास्थ्यमा ७० प्रतिशत सुधार आइसकेको छ । पिसाबसम्बन्धी समस्या र निमोनियाका कारण गत बुधबारदेखि नेता नेपाल अस्पतालमा भर्ना हुनुभएको हो ।
यसैबीच, प्रधानमन्त्री सुशील कोइराला वीर अस्पतालमा पुगी नेपालको स्वास्थय अबस्था बारे जानकारी लिनुभएको छ । भेटमा प्रधानमन्त्री कोइरालाले नेता नेपालको स्वास्थ्यमा भइरहेको सुधारबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
यसैबीच, वरिष्ठ नेता नेपाललाई भेट्न पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि आइतबार बीर अस्पताल पुग्नु भएको थियो ।
















प्रतिक्रिया