२९ आश्विन २०८३, बिहिबार

रौतहटमा सुरक्षाकर्मी र तस्करबीच गोली हानाहान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rautahat

रौतहट । जिल्ला वन कार्यालय रौतहटको वन गस्ती टोलीले वनभित्र काठ चिरान गरी ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा काठसहित एक ट्रक बरामद गरेको छ ।

सिम्रा भवानीपुरबाट करिब १५० क्युफिट सालको चिरान काठसहित आइतबार बिहान ट्रक बरामद गरेको वन कार्यालयका सहायक वन अधिकृत विन्देश्वर राय यादवले जानकारी दिए ।

इलाका वन कार्यालय धन्सारको वनबाट काठ लोड गरेको ट्रक आउँदै गरेको सूचनाका आधारमा गएको गस्ती टोलीले भवानीपुरमा काठ र ट्रक बरामद गरेको सहायक वन अधिकृत यादवले बताए ।

ट्रकको पिछा गर्ने क्रममा वन गस्ती टोलीले २० राउन्ड गोली फायर गरेको जनाएको छ ।

ट्रक चालक फरार रहेकाले काठ तस्कर र ट्रक चालकको खोजी भइरहेको र बरामद गरेको काठको अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

काठ तस्करहरूले ३० वटाभन्दा बढी काँचो सालको चिरान काठ ना२ख ५४६१ नम्बरको ट्रकमा लोड गरेर लैजाँदै गरेका थिए ।