२९ आश्विन २०८३, बिहिबार

विशेष महाधिवेशन बोलाउन दाहाल तयार, भट्टराईले सोमबारसम्म समय मागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

काठमाडौं । असन्तुष्ट नेता डा. बाबुराम भट्टरााईले समय मागेपछि एमाओवादी केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान गर्न विशेष महाधिवेशन गर्न तयार भएपछि भट्टराईको आग्रहमा जारी केन्द्रीय समितिको बैठक सोमबार बस्ने गरि स्थागित भएको हो ।

आज भट्टराई र प्रचण्डवीच भएको छलफलमा प्रचण्ड भट्टराईको माग बमोजिम विवादित विषय सुल्झाउन विशेष महाधिवेशनमा जान तयार भए पछि आन्तरिक छलफलको लागि भन्दै दुई दिनको समय मागेको बताईएको छ ।

प्रवक्ता दिनानाथ शर्माले विशेष महाधिवेशन बोलाउने विषयमा नेताहरुवीच सहमति भएको जानकारी दिदै आगामी सोमबार बस्ने बैठकमा भट्टराई पक्ष पनि सहभागि हुने विश्वास ब्यक्त गरे ।

विराटनगर सम्मेलनमा भट्टराई सहितका १५ नेताहरुले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि माओवादीभित्र विवाद चुलिएको थियो ।