काठमाडौं । संसदीय निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आजै राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्री सिंहले भाजपाको शानदार जीत भएको भन्दै भावी प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ पनि दिएका छन् ।
भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पनि मोदीलाई बधाई दिएका छन् । यो जीत भ्रष्टचार, कुप्रशासन, महंगी र वंशवादको विरुद्ध भएको आणबाणीले बताएका छन् ।
अहिलेसम्म भाजपाले ३२५ स्थानमा जीत हासिल गरिसकेको छ । काँग्रेस भने ६९ सिटमै सीमित छ । अन्य गठबन्धनले भने १४९ सिट ल्याएका छन् ।
















प्रतिक्रिया