काठमाडौं । भारतको संसदीय निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को लहर देखिएको छ ।
वीजेपीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री प्रधानमन्त्री हुने करिब करिब पक्का भएको छ । मोदीले वरोदराबाट ४ लाख भन्दा बढी मतले चुनाव जितेका छन् । बनारसमा पनि मोदीले जितेका छन् । भाजपाका अध्यक्ष राजनाथ सिंहले फोन गरी मोदीलाई बधाई दिएका छन् ।
नौ चरणमा गरिएको संसदीय चुनावको मतगणनामा भाजापा ५४३ मध्ये ३ सय १९ भन्दा सिटका साथ अग्रस्थानमा छ ।
चुनाव अघि गरिएको सर्वेक्षणमा भाजपाले २५७ देखि ३४० सिटसम्म ल्याउने बताइएको थियो । भाजपामा देखिएको लहरले काँग्रेस क्षेत्रीय पार्टीजस्तै देखिएको छ । ठाउँ ठाउँमा भाजपाका कार्यकर्ताले विजय उत्सव मनाइरहेका छन् । अहिले काँग्रेसको ७५ सिटमात्रै छ । अन्य गठबन्धनले १४१ सिट ल्याएका छन् ।

झन्डै १८ लाख विद्युतीय मतदान यन्त्रहरुबाट स्थानिय समय अनुसार बिहान ८ बजेबाट मतगणना शुरु भएको हो ।
सात अप्रिलदेखि मे १२ सम्म भएको मतदान प्रकियामा ५१ करोड भन्दा बढी भारतीय नागरिकहरुले भोट खसाएका थिए ।
भारतको निर्वाचन आयोगका अनुसार यसपटक भएको ६६ दशमलव तिन ८ प्रतिशत मतदाताले भोट खसालेका थिए । यो मत प्रतिशतले सन् १९८४ मा तात्कालीन प्रधानमन्त्री इन्दिरा गांन्धीको हत्या भए लगतैको चुनावमा खसेको हालसम्मको सबैभन्दा बढी मत प्रतिशतको किर्तीमान तोडेको थियो।
यसअघि सन् १९९८ र सन् १९९९ मा भएको आम चुनावमा भाजपाले हालसम्मकै बढी १८२ सीट जितेको थियो। बिहिबार भाजपाका समर्थकहरुले बैंग्लौरमा एउटा धार्मीक समारोह आयोजना गरी मोदीको विजयको लागि प्रार्थना गरेका थिए।
















प्रतिक्रिया