ललितपुर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभाबाट पहिचानसहितको सङ्घीय संविधान आउने बताएका छन् ।
ललितपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा दाहालले आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने संविधान आउनुपर्ने बताए ।
नेपालभरि छरिएर रहेका सबै जातजातिका लागि विगतमा समान व्यवहार नभएको धारणा राख्दै सबै क्षेत्रमा बसोबास गर्ने नेपालीको जाति, धर्म, भाषा, संस्कृति पहिचानका निमित्त राज्यले समान व्यवहार गरिनुपर्नेमा उनले बताए ।
सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले सबै क्षेत्रको प्रतिनिधित्व हुने किसिमको संविधान मात्र दिगो हुने बताए ।
जातीय उत्पीडित, भाषा, संस्कृतिको रक्षाका लागि आफूले नयाँ पार्टी स्थापना गरिएको अध्यक्ष राईले बताए ।















प्रतिक्रिया