२९ आश्विन २०८३, बिहिबार

झापामा ठूलो परिमाणमा सुपारी बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supariभद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको गस्ती टोलीले आज ठूलो परिमाणमा लाखौँ मूल्य बराबरका सुपारीका साथै रासायनिक मल बरामद गरेको छ ।

मेचीनगरपालिका–१० भएर १९ वटा रिक्सामा लोड गरी भारततर्फ लाँदै गरेको अवस्थामा सात हजार १ सय ७८ किलो सुख्खा सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसै गरी भारतबाट नेपालतर्फ ल्याइरहेको ३०० किलो युरिया र १०० किलो पोटास मल पनि बरामद गरिएको छ ।

बरामद गरिएका तीनवटै सामानको मूल्य आठ लाख ६८ हजार ६ सय ८० रहेको छ । सामान आवश्यक कारबाहीका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा दाखिला गरेको जनाइएको छ ।