काठमाडौँ । विभिन्न जनजाति समूदायले आज साकेला उभौली आजदेखि सुरु भएको छ ।
किराँत राई, लिम्बु, याक्खा र सुनुवारको प्रमुख चाडमा पर्छ । हरेक बर्ष बैसाख पूर्णिमा र मंसिर पूर्णिमादेखि एक महिनासम्म उभौली र उधौली मनाउँदै आएका छन् । किरातलीहरूले बाली लगाइने समय अर्थात गर्मी मौसम सुरु भएपछि अन्नबाली सप्रियोस भनेर पूजा गर्ने चलन छ ।
पर्वका अबसरमा किराँत समूदायका व्यक्तिहरू जम्मा भएर शुभ कामना आदान प्रदान गर्दै १५ दिन सम्म मनाउछन् । यो पर्व विशेषगरी भोजपुर, खोटाङ, धनकुटा लगाएतका जिल्लामा मनाइन्छ । यता राजधानीमा रहेका किराँत समूदायले पनि ललितपुरको साकेला थानमा उभौली पर्व मनाउने तयारी गरेका छन् ।
शुभकामना सन्देश
राष्ट्रपति डा. रामवरण यादवले किरातहरूको महान् सांस्कृतिक चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उभौलीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति डा. यादवले हिमाल, पहाड र तराई–मधेसमा बस्ने सबै नेपालीबीच बान्धुत्व र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता कायम राख्दै देशमा शान्ति र सुव्यवस्था कायम गर्ने शक्ति सबैलाई प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
यसैगरी, उपराष्ट्रपति परमानन्द झाले किरात राई, लिम्बू जातिको उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी एवम् सम्पूर्ण किरात धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले किराँतहरूको महान चाँड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त किराँत दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उभौली पर्वको अवसरमा प्रधानमन्त्री कोइरालाले आज दिनुभएको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृृतिक विशेषताको अनुपम सङ्गमस्थल रहेको बताउँदै विविधताबीचको एकता, सद्भाव र पारस्पारिक सहयोग नेपाली संस्कृतिको विशेषता हो भन्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले आफ्नो भाषा संस्कृति, भेषभूषा र संस्कारप्रति हरेक जातिमा गौरव रहेको चर्चा गर्दै नेपालका आदिवासी किराँत समुदायले उमङ्ग र उत्साहका साथ मनाउने उभौली पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ ।
यस पर्वले पहिचानका रुपमा रहेका आफ्ना भाषा, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण र संबद्र्धन गर्न सबैलाई प्रेरणा दिन सकोस् भन्ने कामनासमेत उहाँले सन्देशमा गर्नुभएको छ ।
त्यस्तै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उभौली पर्वको अवसरमा एक शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।














प्रतिक्रिया