काठमाडौं । महालेखापरीक्षकको कार्यालयले पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्ट ऐनविपरीत व्यक्तिलाई तिरण नगर्न सरकार तथा सरोकारपक्षलाई सचेत गराएको छ।
महालेखापरीक्षक कार्यलयको आर्थिक वर्ष २०६९ ०७० को एक्काइसौं प्रतिवेदनमा सरकारले नेपाल ट्रष्ट ऐनविपरीत राष्ट्रियकरण गरिएका सम्पत्ति व्यक्तिलाई वितरण नगर्न उल्लेख गरेको छ।
काठमाडौं उपत्यकाभित्र सामाखुसी, बालाजु मातातीर्थलगायतका स्थानमा रहेको १ सय ११ कित्ताको १ सय ७५ रोपणी ११ आना १ पैसा जग्गा मन्त्रिपरिषद्को २०६९ भदौ ११ को निर्णयबमोजिम मोहीकै नाममा दर्ता गर्ने प्रक्रिया सुरु गरेको देखियो।
जुन प्रक्रिया ट्रष्ट ऐनसँग मेल खाने देखिएन राष्ट्रपति रामवरण यादवलाई पनि बुझाएको वार्षिक प्रतिवेदनमा भनिएको नागरिक दैनिकमा खबर छ।














प्रतिक्रिया