बसन्त श्रेष्ठ छापेली
अर्घाखाँची । नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्र बिक्रम चन्दले एकीकृत माओबादीसँग एकताका लागि प्रचण्ड सुध्रिनुपर्ने बताउनु भएको छ ।
केन्द्रमा सम्भव नभए जिल्ला र त्यही पनि नभए गाउँस्तरबाटै भएपनि पार्टी एकता हुने भन्दै उहाँले एकीकृत नेकपा माओवादी सच्चिएर आए पार्टी एकता हुनसक्ने बताउनु भएको छ ।
चन्दले भन्नुभयो, ‘समस्या पर्दा हात मिलाउन खोज्ने अघिपछि वास्तै नगर्ने बानीले पार्टी फुटेको भन्दै एकता हुने भए प्रचण्डले आफ्नो गलत बानी सुधानुपर्छ ।’
नेता चन्दले माओवादीलाई एक्लो बनाएर अगाडि बढ्न खोजे देशमा फेरि जनयुद्ध हुने बताउनु भएको छ । नेकपा माओवादी अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेशनको उद्घाटनपछि पत्रकारहरु सँग उहाँले किसान मजदुर दलितको नेतृत्वका लागि जनयुद्ध गरेको परिर्वतनकारी शक्तिलाई एक्लाएर जान खोजे माओवादी जनयुद्धमा फर्किने चेतावनी दिनुभयो । आफूहरुका्े माग नयाँ नभएको भन्दै उहाँले गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालबीच भएको सहमतिको अक्षरस पालाना हनुपर्ने बताउनु भयो ।














प्रतिक्रिया