२९ आश्विन २०८३, बिहिबार

सरकार एक बर्ष टिक्दैन, संविधान पनि आउँदैन: एमाले नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raghuji-panta

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले पार्टीको नवौ महाधिवेशनबाट बरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष बन्ने दाबी गर्नुभएको छ ।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले कार्यक्षमता, गतिशिलता र सक्रियताको कारणले पनि माधव नेपालको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सर्वसम्मत भए पनि माधवकुमार नेपाल, चुनाव हुने भए पनि उहाँ नै अध्यक्ष बन्नुहुन्छ । संसदीय दलका नेता केपी ओली स्वास्थ्य अवस्थाको कारणले पनि सक्रिय हुने अवस्था नभएकोले नेपालको विकल्प छैन ।’

उहाँले थप्नुभयो– ‘कसले कति वर्ष के पद पायो भन्ने कुरा महत्वपूर्ण होइन, उहाँ अहिलेसम्म अध्यक्ष बन्नुभएको छैन । यूवा पुस्तालाई समेटेर अघि बढ्ने नेता उहाँ बाहेक अरु कोही छैन ।’

१० औ महाधिवेशनमा भने नेतृत्व यूवा पुस्तामा आउने समेत उहाँले स्पष्ट पार्नुभयो ।

बर्तमान सरकारलाई अडान नभएको असफल सरकारको संज्ञा दिदै पन्तले चर्चामा आएका विषयहरुमा छलफल नगरेर मौन रहने गरेको प्रति आपत्ति प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘यस्तै सुस्त रहिरहने हो भने यो सरकार एक वर्ष पनि टिक्दैन । संविधान पनि एक वर्षमा आउँदैन ।’

यति ठूलो समर्थन हुँदा सम्म पनि प्रधानमन्त्रीले केही गर्न नसकेकोमा आक्रोस ब्यक्त गर्दै उहाँले तत्काल सक्रिय भएर जनताका समस्या समाधान र संविधान निर्माणमा लाग्न आग्रह गर्नुभयो।

जसरी भए पनि माघ ८ गते भित्रमा संविधान आउनु पर्नेमा जोड दिदै उहाँले त्यसको लागि प्रधानमन्त्रीलाई सक्रिय हुन सुझाव दिनुभयो ।

साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेकोले घच्घच्याउन आफूहरुले सरकार अल्मलिएको गुनासो गर्ने गरेको स्पष्ट पार्नुभयो ।

सभापति सुशील कोइरालाको नेतृत्वको सरकारको सफलतामा काँग्रेसको पनि सफलता हुने भएकोले आफूहरु सरकारको कार्यशैलीप्रति बढी नै चिन्तित हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले सरकारलाई तत्काल विकास निर्माणको योजना र बजेटको ब्यवस्था गर्न आग्रह गर्दै काठमाडौँ तराई फास्ट ट्रयाक, निजगढ अन्र्तराष्ट्रिय विमानस्थल, महाकाली एकीकृत सिचाई हाईड्रोपावर, सुनकोशी हाईड्रोपावर सहितका परियोजनाहरुलाई अघि बढाउन सुझाव दिनुभयो ।

महतले स्थानीय निकायको चुनावको लागि आवश्यक बजेट, बृद्ध भत्तामा बृद्धि सहितको विकास निर्माणको कार्यलाई अघि बढाउने खालेको बजेट ल्याउन समेत आग्रह गर्नुभयो ।

उहाँले सरकारलाई संविधान निर्माणको कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न समेत सुझाव पनि दिनुभयो ।