२९ आश्विन २०८३, बिहिबार

गुटबन्दीलाई सखाप पारेर अघि बढ्छु: नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

सुर्खेत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गुटबन्दीलाई सखाप पार्ने बताउनुभएको छ ।

ऋषि स्मृति प्रतिष्ठान सुर्खेतले गरेको कार्यक्रममा नेता नेपालले एमालेको गतिलाई अझ अगाडि बढाउन गुटबन्दीलाई सखाप बनाएर अगाडि बढ्ने बताउनुभयो । पछिल्लो समय एमाले उकालो बढ्दै गएको उहाँले जिकिर गर्नुभयो ।

नेता नेपालले आगामी माघ ८ गतेभित्र संविधान आउने पनि बताउनुभयो । एमाले पनि सरकारमा आबद्ध भएको र पार्टीको दशवर्षे योजना र ३५ वर्षे सपना पूरा गर्न पनि संविधान निर्माण समयमै गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा आर्थिक क्रान्ति ल्याउन जलविद्युत्, सहकारीका साथै जडीबुटी प्रशोधन र पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा सामन्तवाद अवशेषका रुपमा मात्रै रहेको भन्दै अब त्यसको पछाडि दौडिन नहुने बताउनुभयो ।