२९ आश्विन २०८३, बिहिबार

शीर्ष नेताका कारण राजदूत नियुक्तिमा ढिलाइ: परराष्ट्रमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahendra-pandey

पोखरा । परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले शीर्ष नेताहरुबीच सहमति हुन ढिलाइ भएको कारणले नै राजदूत नियुक्ति हुन नसकेको बताउनुभएको छ ।

गणित शिक्षा परिषद्को दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोही नेता विदेश भ्रमण, कोही बिरामी र कोही  कार्यव्यस्तताका कारण राजदूत नियुक्ति हुन नसकेको टिप्पणी गर्नुभयो ।

परिवर्तित विश्व सन्दर्भलाई मध्यनजर गरी राजनीतिक दलहरुबीचको छलफलबाट छिट्टै नयाँ परराष्ट्र नीति ल्याउने जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।