चितवन । प्रधानमन्त्री सुशील कोइरालाले छोटो समयमा सरकारले सवै अवरोध हटाएर विकास निर्माणमा व्रेक थ्रु गर्ने वताउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले वाहिर हेर्दा सरकारको काम धेरै नदेखिए पनि महत्वका हिसावले ऐतिहासिक काम गर्न सफल भएको दाबी गर्नुभयो ।
संयुक्त सरकारले छोटो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोग, संसदिय समितिहरुको गठन लगाएतका कामहरु गर्नु महत्वपूर्ण भएको उहाँले वताउनु भयो । पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘संख्याका हिसावले थोरै काम भएका छन् तर स्लो मोसन विन द रेस । सरकारको काम जादु जस्तो हुँदैन ।सरकारको काम जादु जस्तो हुँदैन’ -कोइरालाको भनाई थियो ।
जनताको राहतका काम वजेट आएपछि हुने भन्दै उहाँले निर्वाचनका समयमा आफूले वोलेका र जनतालाई परेका समस्याको निधान आउँदो वजेटले गर्ने वताउनुभयो ।
एक वर्ष भित्रमा संविधान निर्माण हुने कुरामा ढुक्क रहन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो- ‘संविधान वनाऔ, त्यसपछि द्रुत गतिमा देशको विकास हुन्छ ।’
विगत ६० वर्षमा जनताले पाउन नसकेको विकास अब नेपालीले पाउन सक्ने भन्दै उहाँले त्यसका लागि सवैको सहयोग आवश्यक रहेको वताउनुभयो ।
नेपालमा शान्ति पूर्ण ढंगबाट संविधान सभाको निर्वाचन सम्पन्न भएकोमा अन्तरराष्ट्रिय जगतले उत्साहित ढंगवाट लोकतान्त्रिक संविधान निमार्णका लागि शुभकामना दिएको उहाँले वताउनुभयो ।
पूर्वी चितवनको रत्ननगरमा प्रजातान्त्रिक विचार समाज चितवन र वीपी स्मृति ट्रष्टले गरेको विचार गोष्ठि र आइतबार देखि रत्ननगरमा सुरु हुने नेपाल निजामति कर्मचारी युनियनको छैटौ महाधिवेशनलाई सम्वोधन गर्न प्रधानमन्त्रि कोइराला शनिबार चितवन आउनुभएको हो ।














प्रतिक्रिया