२९ आश्विन २०८३, बिहिबार

जन्डिसबाट बच्न जान्ने पर्ने ‘तीन स’…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jandis

विराटनगर । ‘सफा हात, सफा खाना र सफा पानी’ प्रयोग गरेमा जन्डिस (हेपाटाइटिस ई)को संक्रमणबाट बच्न सकिने विज्ञले बताएका छन् ।

जल्ला प्रशासन कार्यालय मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले दूषित पदार्थको सेवनले हेपाटाइटिसलगायतका रोग विराटनगरमा देखिएकाले सरसफाइमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल खानेपानी संस्थानद्वारा वितरण गरिएका पानीमा इकोलाई ब्याक्टेरिया र फिकल कोलिफर्म फेला परेकाले त्यसलाई निस्तेज बनाउन एउटैमात्र विधि पानी उमालेर पिउनु रहेको बताउँदै यसका लागि सचेतना जरुरी रहेको बताउनुभयो ।

डा मरासिनीले दूषित पानी मानव शरीरभित्र प्रवेश गरेको १४ दिनदेखि ६० दिनसम्ममा हेपाटाइटिस समस्या देखापर्ने भएकाले रोग लागेको अनुमान हुनासाथ तत्काल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

महाशाखाका निर्देशक डा मरासिनी नेतृत्वमा तीन जनाको टोली विराटनगरमा आएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले २०१७ सालमा जडान गरिएको खानेपानीको पाइप जीर्ण एवम् पुरानो भएकाले समस्या आएको बताउँदै नगरपालिका र खानेपानी संस्थानलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको बताउनु भयो ।

विराटनगरमा वैशाख १० गतेबाट फैलिएको कमलपित्त ‘हेपाटाइटिस ई’ रोगबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने सरकारी अस्पताल, नर्सिङ होम , निजी क्लिनिक र होमियोपेथिक र आयुर्वेदिक उपचार क्लिनिकमा उपचारका लागि बिरामीको अत्यधिक चाप देखिएको छ ।

अहिले विराटनगरको धेरैजसो घरमा हेपाटाइटिसका रोगी देखापरेका छन् ।