२९ आश्विन २०८३, बिहिबार

ठगीमा संलग्नलाई नपक्रन प्रहरीलाई पाण्डेको दबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Raj-Pandyasकावासोती । उखुको तौलमा ठगी गरेको अभियोग लागेका लुम्बिनी चिनी कारखानाका सञ्चालक मनीष अग्रवाललाई नपक्रन प्रहरीमा दबाब परेको खुलासा भएको छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष प्रदीप राज पाण्डेको दबाबमा अग्रवाललाई प्रहरीले पक्राउ गर्न नसकेको बताइएको छ । अग्रवाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्यसमेत रहेकाले महासंघले उनलाई नपक्रन प्रहरीलाई दबाब दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक विष्णुहरि गौतमले भने अग्रवाल फरार रहेकाले पक्राउ गर्न नसकिएको बताए ।

काठमाडौंमा रहेका सञ्चालक अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पत्राचार गरिएको छ । ठगी अभियोगमा मुद्दा चलाइएपछि महाप्रबन्धक बाबुलाल अग्रवाललाई मंगलबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेर सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

किसानले ल्याएको उखुको कम तौल देखाएर ठगी गरेको भन्ने उपभोक्ता हित संरक्षण मञ्चको उजुरी परेपछि दुई महिनाअघि उद्योग मन्त्रालयले छानबिन टोली पठाएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागका वरिष्ठ निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानमा उद्योगले ३१ लाख ९४ हजार ८०० किसानको उखु तौलमा ठगी गरेको प्रतिवेदन तयार गरी नेपाल सरकारलाई बुझाएपछि उनीहरुविरुद्ध ठगीमा मुद्दा चलाइएको हो । बाबुलाल भने परासीबाट पक्राउ परेका थिए ।