काठमाडौ । एकीकृत नेकपा माओवादीबाट डा. बाबुराम भट्टराईको समूह बाहिरिने करिब पक्कापक्की भएको छ । भट्टराई पक्षीय नेता टोपबहादुर रायमाझीले बिहीबारै नयाँ पार्टी गठनको तयारी भइरहेको खुलासा गरेका छन् ।
यत्ति नै बेला एकीकृत नेकपा माओवादी र अघिल्लो बर्ष चोइटिएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच एकता गराउन भारतीयहरु सक्रिय भएका छन् । दुई माओवादीलाई मिलाउन भारतीय बाम बुद्धिजीवि आनन्द स्वरुप बर्मा केही दिन यता काठमाडौंमै बसेर सक्रिय भइरहेका छन् ।
उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई, नेकपा–माओवादीका अध्यक्ष वैद्य र उपाध्यक्ष सीपी गजुरेलसँग कुराकानी गरिरहेका छन् । भट्टराई बाहिरिएपनि वैद्यलाई फर्काउने प्रचण्डको चाहना बमोजिम बर्मा सक्रिय भएको एमाओवादी स्रोतले जनाएको छ ।
नेकपा–माओवादीले भने नीति, नेतृत्व, कार्यदिशासहितका छ बुँदे प्रस्ताव एकताका लागि अघि सारेको छ । विराटनगर महाधिवेशन र त्यसपछि दुई दलका शिर्ष नेताहरुबीच पार्टी एकीकरणका लागि अनौपचारिक छलफल जारी रहेको बेला विदेशी मध्यस्थकर्ताको भूमिकाले झनै सहज हुनसक्ने बताइएको छ ।
यता, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भने प्रचण्डलाई टेलिफोन गरी पुनः अध्यक्ष भएकोमा बधाई दिएका छन् । वैद्यले बिहीबार टेलिफोन गरी बधाईका साथै पार्टीले अख्तियार गरेको कार्यदिशाको विषयमा समेत जिज्ञासा राखेको स्रोतको दाबी छ ।














प्रतिक्रिया