काठमाडौँ । नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका लागि सदस्यता नवीकरण गर्ने विषयमा डडेलधुरा र धनुषा जिल्लामा विवाद भएको छ ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले डडेलधुरा र धनुषा जिल्लामा जिल्ला कमिटीको आन्तरिक विवादका कारणले गर्दा सदस्यता नवीकरणमा ढिलाइ भएको बताउनुभयो । अन्य सबै जिल्लाको सदस्यता नवीकरण सकिइसकेको र एक हप्ताभित्र सो काम सकिने उहाँले जानकारी दिनुभयो ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज लेखनकोे काम लगभग सम्पन्न भएको र आगामी जेठ ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा दस्तावेज प्रस्तुत गरिने समेत एमाले पोलिटव्युरो समेत रहनुभएको नेता ज्ञवालीले बताउनुभयो ।
आगामी असार १९ गतेदेखि २४ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाविधवेशनमा एक हजार नौ सयभन्दा बढी प्रतिनिधि रहने बताइएको छ । एमालेमा संगठित सदस्य दुई लाख आठ हजार छन् ।














प्रतिक्रिया