२८ आश्विन २०८३, बुधबार

न्यायाधिशलाई बहुविवाहदेखि स्त्री लम्पटसम्मको उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supremme-Court

काठमाडौ। न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीश पदका लागि सिफारिस गरेका ८ जना मध्ये दुई जनालाई बहुविवाह र स्त्री लम्पट भएको उजुरी संसदीय सुनवाई समितिमा परेको छ ।

सबै सिफारिस नाममा उजुरी परेको छ । जसमा भ्रष्टाचार, आर्थिक लेनदेन सहित पियनको तलब खाएको सम्मका आरोप रहेका छन । उनीहरुवीरुद्ध विभिन्न ५२ वटा आरोप लगाएको छ । संसदीय सुनवाई समितिले उजुरीको झण्डै एक सय पाना ठूलो पुस्तकै तयार पारेको छ । जसमा भोली विहान छलफल हुने कार्यक्रम रहेको छ ।

प्रस्तावित न्यायाधीश मध्ये गोपाल पराजुलीमाथि सबैभन्दा बढी अर्थात् २१ वटा अभियोग छन् । चारवटीसँग बिहे गरेको आरोपसमेत उनीमाथि लागेको छ । सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस भएका मुख्य न्यायाधीश गोविन्दकुमार उपाध्यायमाथि ‘स्त्रीजाति देखेपछि भुतुक्कै हुने’ अभियोग संसदीय सुनुवाइ विशेष समितिमा दर्ता भएको छ । उनले पियनको तलबसमेत आफैं खाने गरेको उजुरीमा उल्लेख छ ।

अर्का वैजनाथ उपाध्यायमाथि ७ वटा अभियोग लगाईएको छ ।  न्यायाधीश दीपकराज जोशीलाई तीनवटा मात्रै अभियोग लगाइएको छ भने न्यायाधीश ओमप्रकाश मिश्रलाई सबैभन्दा थोरै अर्थात दुईवटा मात्र आरोप लगाइएको छ । गोविन्दकुमार उपाध्यायमाथि चारवटा आरोप छन् । न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठमाथि संसदीय सुनुवाइ समितिमा तीनवटा आरोप छन् भने विवादिन चोलेन्द्रसमशेर जबरामाथि १० वटा आरोप छन् । जगदीशप्रसाद शर्मा पौडेलमाथि तीनवटा आरोप छन् ।

न्यायधिस सिफारिस गर्ने न्यायपरिषद सदस्य खेमनारायण ढुंगाना र प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा विरुद्ध पनि उजुरी छ । उनीहरुमाथि चोलेन्द्र शमसेरलाई सिफारिस गर्न दुई दुई करोड रुपैया लिएको आरोप छ ।