२८ आश्विन २०८३, बुधबार

प्रचण्ड विघटित एमाओवादीको अध्यक्ष: देवकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khim-lal-devkota

काठमाडौं । एकीकृत नेकपा माओवादीका बाबुराम भट्टराई पक्षीय नेता खिमलाल देवकोटा प्रचण्डले विघटित एकीकृत माओवादीको नेतृत्व गरिरहेको बताउनुभएको छ ।

माउन्टेन टेलिभिजनका लागि तेजप्रसाद वाग्लेसँग कुरा गर्दै नेता देवकोटाले विराटनगर सम्मेलनले पार्टीलाई विघटनको संघारमा पु¥याएको दाबी गर्नुभयो । सम्मेलनले पार्टीलाई झनै चिरा पारेको बताउदै उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी विघटन गराउन खोजेको आरोप समेत लगाउनुभयो ।

नेता देबकोटाले पार्टीभित्र प्रतिपक्षीलाई पाखा लगाउने नीति लिइँदासम्म एमाओवादी क्रान्तिकारी पार्टी बन्न नसक्ने बताउनुभयो । उहाँले बाबुराम भट्टराई पक्षले काम गर्न दिएन भन्ने अध्यक्ष पक्षको आरोपलाई चिर्न पनि नेता भट्टराई कुनै पदमा नबसेको दाबी गर्नुभयो ।

नेता देवकोटाले तत्काल नेकपा माओवादीसँग पार्टी एकता नहुने समेत बताउनुभयो ।

पूर्वसभासद् रहेका देवकोटासहित १७ जना बाबुराम भट्टराई पक्षीय नेताले एमाओवादीको केन्द्रीय समितिमा नबस्ने घोषणा गर्दै राष्ट्रिय सम्मेलन बहिष्कार गरेका थिए ।