२८ आश्विन २०८३, बुधबार

प्रचण्ड–बाबुराम पदको मोहले रुँदैछन्: बिप्लव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biplob-Netrabikram-chand

गुल्मी । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुलाई एक्लै बनाएर जान खोजे जनयुद्ध हुने बताउनु भएको छ ।

नेकपा माओवादी गुल्मी जिल्लाको दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्दै उहाँले माओवादीलाई एक्लो बनाएर अगाडि बढ्न खोजे जनयुद्धमा फर्किने चेतावनी दिनुभयो । उहाँले एकीकृत नेकपा माओवादी सच्चिएर आए पार्टी एकता हुनसक्ने समेत बताउनु भएको छ ।

एकीकृत नेकपा माओवादीले पाटी एकैठाउँ हुँदा भएका सहमती कार्यान्वयन गर्ने लिखित सहमति भए मात्र पार्टी एकता सम्भव भएको भन्दै बिप्लवले भावनाका आधारमा भने एकता हुन नसक्ने दावी गर्नुभयो । उहाँले बिचार मिल्ने र सबै कम्युनिष्टहरु एक ठाउँमा आउनुको बिकल्प समेत नरहेको बताउनुभयो ।

‘घर सम्पत्ति पार्टीको नाममा दिएर माओवादी राजनीतिमा लागेकाहरुलाई प्रचण्ड र बाबुरामले धोका दिए । तर, अहिले आफूहरुले धोका खाइरहेका छन्,’ चन्दले भन्नुभयो, ‘अहिले रुँदै बिराटनगर गए । फेरि रुँदै फर्किए, त्यो नीति भन्दा नेतृत्व र पद मोहको परिणाम हो ।

नेता चन्दले बिदेशी दवावको प्रतिकार गर्न नसकेसम्म देशमा शान्ति र संबिधान असम्भव रहेको समेत बताउनुभयो ।