२९ आश्विन २०८३, बिहिबार

‘विराटनगरबाट एमाओवादी भाई एमाले बन्छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-gajurelभक्तपुर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले विराटनगरमा जारी राष्ट्रिय सम्मेलनले एमाओवादी एमाले बनेको बताएका छन् ।

रफत सञ्चार क्लवले आज (भक्तपुर) भक्तपुरमा आयोजित अन्तर्सम्वाद कार्यक्रममा गजुरेलले एमाओवादीले आफ्नो मूल धारको सिद्धान्तलाई परित्याग गर्दै भाई एमाले बनेको बताए । ‘एमाओवादी विराटनगर सम्मेलनबाट भाई एमाले बन्छ,’ उनले भने ।

गजुरेलले विराटनगर सम्मेलनबाट एमाओवादीले पार्टी एकताको विषय उठान गरेकोमा असन्तुष्टि जनाए । ‘सम्मेलनमा पार्टी एकताको कुरागर्नु हाँस्यास्पद हो,’ उनले भने, ‘एमाओवादीसँग पार्टी एकीकरण असम्भव छ ।’

उनले संविधानसभाले नयाँ संविधान जारी गरे पनि त्यो पश्चगामी हुने बताए । उनले संविधान जारी गर्ने डिजाईनर विदेशीहरु भएको बताए । ‘आफूले लगानी गरेको करोडौं रुपियाँ असुल गर्न पश्चगामी संविधान जारी हुन सक्छ,’ उनले भने ।

उपाध्यक्ष गजुरेलले आगामी जेठ महिना आफूहरु क्रान्तिका लागि महत्वपूर्ण भूमिकामा रहने बताए । ‘सडकबाटै संविधान जारीको सुरुवात गरिने छ,’ उनले भने ।