२९ आश्विन २०८३, बिहिबार

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान् गम्भीर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rukum District
रुकुम । मग्मा गाविस–३ तलीगाउँका कर्णसिङ परियार श्रीमतीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।

सामान्य वादविवादमा ३५ वर्षीया श्रीमती गङ्गा परियारले खुकुरी प्रहार गर्दा ४७ वर्षीय कर्णसिङको गर्धन, टाउको र मुखमा गहिरो चोट लागेको छ ।

शनिबार बिहान मदिरा सेवन गरेर गङ्गाले सुतिरहेका श्रीमान्लाई अन्धाधुन्ध खुकुरी प्रहार गरेको स्थानीयवासीले जानकारी दिएका छन् । घाइते कर्णसिङको स्थानीय कुसारी मेडिकलमा उपचार भइरहेको छ ।

शुक्रबार बेलुकी श्रीमान्श्रीमतीबीच सामान्य वादविवाद भएको बुझिएको छ । सोही विषयलाई लिएर गङ्गाले खुकुरी प्रहार गरेको हुनसक्ने बताइएको छ । इलाका प्रहरी कार्यालय वाँफीकोटबाट प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।